ऐरीकालाई प्रहरी महिला संघको सम्मान 

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार २०:००
ऐरीकालाई प्रहरी महिला संघको सम्मान 

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी ऐरीका गुरुङलाई नगदसहित सम्मान गरेको छ।

ऐरीकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते वान सिरिज  ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

Advertisement

नेपाल प्रहरी श्रीमती संघले आइतबार कार्यक्रमको आयोजना गर्दै ऐरीकालाई २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले ऐरीकालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिन् ।

सो अवसरमा महिला प्रहरी संघले नेपाली राष्ट्रिय कराँते टोलीका प्रशिक्षक एवम् १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

ऐरीका नेपाल पुलिस क्लबकी खेलाडी पनि हुन् । उनले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि स्वर्ण जितेकी थिइन् ।

उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् ।

सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी ऐरीकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारिन् । कराँते वान सिरिज  ‘ए’ मा स्वर्ण पदक जित्ने ऐरीका पहिलो नेपाली खेलाडी पनि हुन् ।

तपाइको प्रतिक्रिया
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×