
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको २ लाख ४८ हजार ५ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ३ हजार २ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार प्रतितोला ३ हजार ३ सय २५ रूपैयाँ थियो ।

























