सद्भाव र राहुलले एसिया–प्यासिफिक एमेच्योर खेल्ने

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १९:१८
सद्भाव र राहुलले एसिया–प्यासिफिक एमेच्योर खेल्ने

काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् ।

दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन सोमबार दुबई प्रस्थान गर्ने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अमेरिकामा उच्च अध्ययनसँगै एनसीएए डिभिजन वान खेलिरहेका सद्भाव त्यतैबाट दुबई जाने छन् ।

सद्भाव र राहुल दुवैले प्रतियोगिताअघि २ अभ्यास राउन्ड खेल्ने छन् । उक्त च्याम्पियनसिपमा एसिया–प्यासिफिक क्षेत्रका उत्कृष्ट एमेच्योर खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

यो प्रतियोगितामा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सुवास तामाङ हुन् । उनले २०२२ मा कट बनाएका थिए । उनी बाहेक अन्य नेपाली गल्फ खेलाडीले कट बनाउन सकेका छैनन् ।

यो पटक सद्भावले अमेरिकाको अनुभव र राहुलले पनि भारतको तरुण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेर तयारी गरेकाले उत्कृष्ट नतिजाको अपेक्षा गरिएको नेपाल गल्फ संघले जनाएको छ ।

एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपको  विजेताले द मास्टर्स प्रतियोगिता  र द ओपन च्याम्पियनसिपमा स्थान पक्का गर्ने छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.