
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन २ लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला २ लाख ५३ हजार २ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी ३ हजार २ सय ८० सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको ३ हजार २ सय ७५ रूपैयाँ थियो ।

























