नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार ०७:४१

काठमाडौं। नेपाल दृष्टिविहीन क्रिकेट टोलीले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणको पहिलो खेलमा श्रीलंकालाई चुनौती प्रस्तुत गर्ने भएको छ।

दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको हो। प्रतियोगिता सन् २०२५ नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्ड सहभागी हुनेछन्

नेपाल र श्रीलंकाको पहिलो खेल नोभेम्बर १२ मा नयाँ दिल्लीस्थित कर्नेल सिंह स्टेडियममा हुने नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ। त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतविरुद्ध बेंगलुरुमा दोस्रो खेल खेल्नेछ।

नेपाली टोलीले नोभेम्बर १५ मा इङ्ल्यान्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्दै भारतमा हुने खेल सकाउने छ। त्यसपछि टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा कोलम्बोमा हुने तय गरिएको छ, यद्यपि अन्तिम खेल मैदान भने अझै निश्चित छैन।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.