कराते स्टार एरिका गुरुङले खेल्ने भइन् विश्व च्याम्पियनसिप

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ११, मंगलबार १०:२८

काठमाडौँ । नेपालकी सफल कराते खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। विश्व कराते महासंघले उनलाई युनिभर्सालिटी कोटामार्फत भाग लिन अनुमति दिएको हो । नेपाल कराते महासंघले औपचारिक पत्र पठाएसँगै एरिकाले कायरोमा हुने विश्वकै प्रतिष्ठित प्रतियोगिता खेल्ने पक्का हुनेछ ।

एरिका गत महिना फ्रान्सको पेरिसमा भएको छनोट प्रतियोगितामा समूह चरणका सबै खेल जित्दै क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । सोही प्रदर्शनका कारण उनले युनिभर्सालिटी कोटामार्फत विश्व च्याम्पियनसिपमा स्थान सुरक्षित गर्न सफल भएकी हुन्।

विश्व च्याम्पियनसिप नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुँदैछ । विधा: एरिकाले महिलाको ६८ केजी तौलसमूहभन्दा माथिको व्यक्तिगत विधामा प्रतिस्पर्धा गर्नेछिन् । विश्व च्याम्पियनसिपलाई हरेक कराते खेलाडीको सपना मानिन्छ, जहाँ प्रत्येक तौल समूहमा ३२ खेलाडी सहभागी हुने गर्छन् । एरिकाले यसै नियमअन्तर्गत युनिभर्सालिटी कोटाबाट विश्व च्याम्पियनसिप खेल्ने मौका पाएकी हुन् ।

यसअघि करातेकी अर्की खेलाडी सानुमाया थिङ पनि विश्व वरीयताको आधारमा च्याम्पियनसिपको एकल काता विधाका लागि छनोट भएकी थिइन् । गत मे महिनामा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले विश्व च्याम्पियनसिप खेल्न पाउन लागेको यो पहिलो अवसर हो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.