
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति तोला २ लाख ३९ हजार ९०० रुपैयाँले कारोबार भएको थियो । मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।
मंगलबार सुन १० ग्रामको २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य समेत घटेको छ ।
सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























