भूपेन्द्रलाई अमेरिकामा ३ पदक

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ११, मंगलबार १३:२७
भूपेन्द्रलाई अमेरिकामा ३ पदक

काठमाडौं । भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् ।

वल्ड फाइटिङ मार्सल आर्ट्स फेडेरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण जिते ।

उनले ताइची छ्वान ओपन ह्यान्डमा ९.५ अंक र छाङ छ्वानमा ९.०३३ अंक जोड्दै स्वर्ण चुमे । ताइची छ्वान सर्ट वेपनमा रजत जितेका भूपेन्द्रले ९.२ अंक बटुले । तीनै स्पर्धाको पूर्णाङ्क १० थियो ।

यसअघि, उनले अमेरिकाको विभिन्न सहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए ।

भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका विभिन्न प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन् ।

भूपेन्द्रले राष्ट्रलाई पदक दिलाउन सकेकोमा खुसी व्यक्त गर्दै प्रतियोगितामा सहभागी हुन विशेष सहयोग गरेकोमा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका समाजसेवी एवं कलाकार प्रेम गुरुङ, लमजुङ सेवा समाज, न्युयोर्कका अध्यक्ष गम गुरुङलगायत सम्पूर्ण सहयोगी प्रति आभार व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.