
काठमाडौँ । नेपालको प्रमुख नगदे बालीमध्येको एक अलैँचीको निर्यातमा चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा (साउनदेखि असोजसम्म) उत्साहजनक वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो तीन महिनाको अवधिमा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। यो मूल्यमा कुल १,०७२.२० मेट्रिक टन अलैँची विदेशिएको हो ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष अलैँची निर्यातको परिमाणमा ३६.७० प्रतिशत ले वृद्धि देखिएको छ । अघिल्लो वर्ष साउनदेखि असोजसम्ममा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ बराबरको ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।
नेपालबाट निर्यात भएको उक्त अलैँचीको प्रमुख गन्तव्य भारत रहेको विभागको तथ्यांकमा उल्लेख छ । निर्यातमा आएको यो ठूलो सुधारले नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजार माग बढ्नुका साथै कृषक र निर्यातकर्ताहरूका लागि सकारात्मक सन्देश दिएको छ ।

























