नेरूडे मिर्मिरे लघुवित्तको त्रैमासिक समीक्षा गोष्ठी 

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १९:५४
नेरूडे मिर्मिरे लघुवित्तको त्रैमासिक समीक्षा गोष्ठी 

विराटनगर । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था कोशी प्रदेश कार्यालयअन्तर्गत विभिन्न शाखाको समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

विराटनगरमा कोशी प्रदेश कार्यालयअन्तर्गतका शाखाको २ दिने प्रगति समीक्षा तथा प्रशिक्षण गोष्ठी सम्पन्न भएको हो ।

प्रदेश कार्यालयअन्तर्गत रहेका ६७ वटा शाखा कार्यालयको आर्थिक वर्ष (आ.व) २०८२ / ०८३ को प्रथम त्रैमासिकको प्रगति समीक्षा, कार्यदिशा र प्रशिक्षण गोष्ठी भएको छ ।

उक्त कार्यक्रममा संस्थाको आ.व. को प्रथम त्रैमासिकको समीक्षा गरी लक्ष्य अनुसारको उपलब्धि, चुनौती र आगामी कार्य योजना बारे विस्तृत छलफल गरिएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै वर्तमान परिस्थितिमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारिता र आवश्यकता सबैमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

कोशी प्रदेशका प्रमुख शम्भु घिसिङले कारोबारको गुणस्तर वृद्धि र जोखिम न्यूनीकरण गर्दै प्रभावकारी कार्य विस्तार गर्न सके मात्रै लक्ष्य अनुसारको प्रगति हुने बताए । सबै शाखाका प्रमुखहरूले आ–आफ्नो लक्ष्य अनुसारको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

त्यसैगरी, संस्थाका सहायक कार्यकारी प्रमुख ऋषिप्रसाद न्यौपाने र दिनेश कटुवालले आगामी दिनमा उपलब्धि हासिल गर्नका लागि प्रभावकारी रूपमा कार्यक्रम ल्याउनु पर्ने बताए ।

समीक्षा गोष्ठीमा संस्थाका अनुगमन तथा असुली विभागका विभागीय प्रमुख वेदप्रसाद आचार्यले कर्जा असुली रणनीति सम्बन्धमा, कर्जा विभागका कर्मचारी केदारप्रसाद महतोले कर्जा लगानी योजना सम्बन्धमा  र योजना विभागका सुमन थापाले संस्थाको वार्षिक योजना कार्यान्वयनका बारे बुझाएका थिए ।

कार्यक्रममा वर्तमान परिस्थितिमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावको समीक्षा, प्रगति र व्यक्तित्व विकासका साथै त्रैमासिक अवधिमा भएको कार्य सम्पादनमा समीक्षा गर्दै आगामी कार्य योजनाको बारेमा छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.