झापा महिला गोल्डकप दुई दिन पछि सर्‍यो, अब कात्तिक १७ गतेदेखि

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार १०:२२

बिर्तामोड । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर पानी परेपछि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता दुई दिन पछि सरेको छ।

आयोजक झापा महिला गोल्डकपले झापासहित देशका धेरै ठाउँमा हिजोदेखि लगातार वर्षा भइरहेकाले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको हो। अब प्रतियोगिताको उद्घाटन खेल कात्तिक १७ गते सोमबार हुनेछ। आयोजक समितिका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार, यसअघि सार्वजनिक गरिएको खेल तालिकालाई दुई दिन पछि सारिएको छ।

खेल तालिका:
उद्घाटन खेल : कात्तिक १५ गते कात्तिक १७ गते (सोमबार) नेपाल पुलिस क्लब vs चर्च ब्वाइज युनाइटेड

दोस्रो खेल कात्तिक १६ गते कात्तिक १८ गते नेपाल एपिएफ क्लब vs सिंग्लिङ स्पोर्टिङ क्लब (भारत)

तेस्रो खेल कात्तिक १७ गते कात्तिक १९ गते संकटा फुटबल क्लब vs झापा फुटबल क्लब

चौथो खेल कात्तिक १८ गते कात्तिक २० गते त्रिभुवन आर्मी क्लब vs आरएस पोखरा फुटबल क्लब

फाइनल खेल कात्तिक २२ गते कात्तिक २४ गते (सेमिफाइनल विजेता)

पुरस्कार राशी:

विजेता टिम: नगद १० लाख १० हजार रुपैयाँ

उपविजेता टिम: नगद पाँच लाख रुपैयाँ

सर्वोत्कृष्ट खेलाडी: नगद १ लाख ५० हजार रुपैयाँ

प्रतियोगिता शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ। गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले प्रतियोगितालाई भव्य र परिष्कृत बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। रंगशालामा तीन हजार दर्शक क्षमताको पक्की स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ भने १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट पनि निर्माण गरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.