
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) पुनः सुनको मूल्य वृद्धि भएको छ ।
बिहीबारको तुलनामा आज सुनको मूल्यमा २ हजार ७ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
महासंघका अनुसार बिहीबार तोलामा २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी, चाँदीमा प्रतितोला ८० रुपैयाँ बढेको छ । बिहीबार चाँदी २ हजार ९ सय ८० रुपैयाँ प्रतितोला रहेको थियो भने आज मूल्य बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























