
काठमाडाैं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । उनी एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत थिए ।
नेपालका प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले पूर्वकप्तान खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

























