नेपालको लगातार तेस्रो हार

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १५, शनिबार २०:०८
नेपालको लगातार तेस्रो हार

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार दुबईमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।

दीपेन्द्र सिंह ऐरी र करण केसीको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालले प्रस्तुत गरेको २७२ रनको लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै पूरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको अर्धशतकीय पारी खेले । अन्त्यमा विस्फोटक ब्याटिङ गरेका करण केसीले ४९ रन जोडेपछि नेपाल सम्मानजनक स्कोरसम्म पुगेको थियो ।

यसबाहेक, ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए । अमेरिकाका लागि हरमीत सिंहले ३ तथा सौरभ नेत्रवलकर र नोस्थुश केन्जिगेले समान २–२ विकेट लिए ।

२७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । अमेरिकाको जितमा साईतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन र मिलिन्द कुमारले ७० रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले ।

यी दुईबीच चौथो विकेटका लागि ११४ रनको साझेदारीले अमेरिकाको जितको आधार तय गरेको थियो ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै, नन्दन यादव, करण केसी र गुल्सन झाले समान १–१ विकेट लिए । यो हारसँगै नेपाल जारी शृङ्खलामा अंकविहीन बनेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.