
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा २ जना नियुक्त गरेको छ
एन्फाले आइतबार पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतनकुमार घिमिरेलाई नियुक्त गरेको हो ।
उनीहरूलाई एन्फाका महासचिव किरण राईले नियुक्त पत्र हस्तान्तरण गरे । एन्फाले यसअघि हरि खड्कालाई राष्ट्रिय टोलीका अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपाली टोलीले यही नोभेम्बर १३ मा बंगालदेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।

























