झापा महिला गोल्डकपको उद्‌घाटन खेल नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच 

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार ११:४१
एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा

विराटनगर । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ ।

शिवसताक्षीको दुधे रंगशालामा आज हुने उद्‌घाटन खेल विभागीय टोली नेपाल पुलिस र काठमाडौंको चर्च ब्वाइज युनाइटेडकाे महिला टाेलीबीच हुनेछ ।

महिला गोल्डकप फुटबल प्रतियोगिता झापामा पहिलो पटक आयोजना हुन लागेको हो ।  कात्तिक २४ गतेसम्म हुने प्रतियोगितामा नेपालको ३ विभागीय टोली, ‘ए’ क्लबका साथै भारत सिक्किमको एउटा क्लबसहित ८ टोलीको सहभागिता रहेको छ ।

दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्ने छ । तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.