विराटनगरमा बहु दीर्घकालीन रोग सम्बन्धी कार्यशाला 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १८, मंगलबार १३:५३
विराटनगरमा बहु दीर्घकालीन रोग सम्बन्धी कार्यशाला 

विराटनगर । विराटनगरमा ‘बहु दीर्घकालीन रोग सम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन’ को कार्यशाला सम्पन्न भएको छ ।

सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसनको आयोजना तथा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सहकार्यमा ‘बहु दीर्घकालीन रोग सम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन’ कार्यशाला सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य सचिव यदुचन्द्र घिमिरेले यस्तो खालका कार्यक्रमबाट नयाँ कुरा आउने भएकाले बताए । उनले कार्यशालाको सफलताको शुभकामना दिँदै यसले प्रदेशमा बहु रोग व्यवस्थापनका नयाँ दृष्टिकोण ल्याउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयमा पूर्वसचिव डा. रोशन पोखरेलले यस अध्ययनले नीति निर्माणदेखि व्यवहारिक स्वास्थ्य सेवा सुधारसम्मको क्षेत्रमा प्रमाण आधारित मार्ग निर्देशन प्रदान गर्ने छ ।

उनले नेपाल जस्तो विकासोन्मुख देशमा बहु रोग व्यवस्थापनका चुनौतीहरू उच्च रहेको हुँदा यस्तो अनुसन्धानले हामीलाई समग्र स्वास्थ्य प्रणाली सुधार गर्न वैज्ञानिक आधार तयार पारिदिने प्रस्ट्याए ।

उक्त अध्ययन कार्यक्रम मोरङ र सुनसरीमा सञ्चालन हुने भएको छ । नेशनल हेल्थ एण्ड मेडिकल रिसर्च काउन्सिल र ग्लोबल एलाइन्स फर कोर्निक डिजिजको सहयोगमा अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अगुवाइमा हुने अध्ययन हुनेछ । विराटनगर घर भई हाल अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा कार्यरत प्रोफेसर डा. उदयनारायण यादवले अध्ययनको नेतृत्व गर्ने छन् ।

कार्यक्रममा अध्ययनको पृष्ठभूमि, उद्देश्य, अनुसन्धान विधि तथा अपेक्षित परिणामबारे डा. यादव र  प्रोफेसर डा. हरिबोन्धु शर्माले सहजीकरण गरेका थिए ।

कार्यक्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक, स्वास्थ्य विज्ञ, तीन तहका स्वास्थ्य विज्ञ, नीति निर्माता, चिकित्सक तथा अनुसन्धानकर्ताको उपस्थिति थियो ।

उनीहरूले बहु दीर्घकालीन रोगहरू मधुमेह, उच्च रक्तचाप, मुटु, फोक्सो र मिर्गौला रोगजस्ता समस्या नेपालमा बढ्दै गएको र यस्तो अध्ययनले रोगको सामूहिक व्यवस्थापनमा वैज्ञानिक आधार तयार पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी विज्ञहरूले अध्ययनबाट प्राप्त हुने निष्कर्ष र सिफारिसलाई तीन तहका स्वास्थ्य नीति र कार्यान्वयन योजनामा समायोजन गर्न आग्रह गरे । संस्थाका अध्यक्ष बीएन चौधरीले अनुसन्धानका माध्यमबाट स्वस्थ समाज निर्माणमा संस्थाले योगदान दिने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×