एनपीएल दोस्रो संस्करणः क्यानद्वारा २ वटा प्रशारण टेन्डर आह्वान

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १७:५३
फाइल तस्बिर

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि २ वटा प्रशारणसम्बन्धी टेन्डर आह्वान गरेको छ ।

नेपालभित्र टेलिभिजन र विश्वभरीको ओटीटी स्ट्रिमिङका लागि नेपालभित्र दर्ता भएका र कानुनीरूपमा सञ्चालनमा रहेका कम्पनीका लागि बोलपत्र आह्वान गरेको हो । विश्वव्यापी स्ट्रिमिङ अधिकारका लागि भने भारतबाहेक मात्रै स्ट्रिमिङ अधिकार प्रदान गर्ने गरी बोलपत्र आह्वान गरिएको छ ।

संघले आज मंगलबार सार्वजनिक गरेको बोलपत्र आह्वान सूचनाअनुसार इच्छुक बोलपत्रदाताले क्यानको कार्यालय मूलपानीमा कात्तिक २४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । दस्तावेज लिन कम्पनी दर्ता प्रमाणपत्र र अन्य आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ ।

दुवै बोलपत्रका लागि १० हजार अफेयर फन्डेबल शुल्क सिद्धार्थ बैंकमा जम्मा गर्नुपर्ने छ । ओटीटी प्रसारणका लागि आह्वान गरिएको बोलपत्रमा भारतबाहेकको ठाउँमा मात्रै भनिएको छ भने लाइनर टिभीका लागि खुला गरिएको बोलपत्रबाट पाउने अधिकार नेपालभरी मात्रै देखाउन पाउने किसिमको छ ।

लाइनर टीभीका लागि एक लाख र ओटीटीका लागि ६ लाख बराबरको बोली सुरक्षा देखाउनु पर्नेछ । आवेदनअनुसार प्रशारण अधिकार ९० दिनका लागि पाउने छन् । सिलबन्दी कात्तिक २५ गते अपराह्न २ बजे क्यानको कार्यालयमै खोलिने जनाइएको छ ।

भारतीय क्षेत्रका लागि भने अघिल्लो वर्ष नै फ्यानकोडसँग सम्झौता भइसकेको छ । गत वर्ष यो प्रशारण अधिकार भारतको स्टार स्पोर्ट्सले लिएको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.