अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्यु, ११ घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १९, बुधबार ०९:४८

काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै युपिएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटना निकै भयानक रहेको र यसमा परी अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको तथा ११ जना घाइते भएको केन्टकीका गभर्नर एन्डी वेशियरले पुष्टि गरेका छन् ।

उनले अनुसन्धान जारी रहेकाले यो संख्या बढ्न सक्ने चेतावनी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको बताइएको छ । होनोलुलुका लागि उडेको यो विमान (म्याकडोनेल डग्लस एमडी–११) मा करिब ३८ हजार ग्यालेन इन्धन रहेको थियो । दुर्घटनापछि ठूलो विस्फोट भएको थियो र नजिकैका व्यापारिक भवनहरूमा पनि आगलागी भएको थियो ।

Advertisement

लुइसभिलका मेयर क्रेग ग्रीनबर्गले सहरका हरेक आपतकालीन एजेन्सीहरू घटनास्थलमा परिचालन भएको जानकारी दिएका छन् । युपिएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्यहरू सवार थिए, जसको अवस्था अहिलेसम्म अज्ञात छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.