१२ हजार हेक्टरकाे धानबालीमा क्षति

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार ०७:५६

विराटनगर । अविरल वर्षाका कारण कोशी प्रदेशमा कृषि बालीमा क्षति पुगेकाे छ । प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लामा करिब ५८ हजार टन धानमा क्षति पुगेकाे हाे ।

वर्षा र हावाहुरीका कारण करिब १२ हजार ६ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कोशी प्रदेश कृषि निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङले जानकारी दिइन्।  सबैभन्दा बढी क्षति झापामा २१ हजार ८ सय २० टन, मोरङमा १६ हजार ४२०.८ टन र सुनसरीमा १२ हजार ६५८.४४ टन धानमा क्षति पुगेको छ।

उदयपुरमा १ हजार २९२ टन, खोटाङमा ४५०, भोजपुरमा ७४०, इलाममा ८९७.८, धनकुटामा ३८९.४, पाँचथरमा ३४१.४१, ओखलढुंगामा १९०, संखुवासभामा ३१२.५, सोलुखुम्बुमा ४०.९५ र तेह्रथुममा ३७२.०९ टन धानबालीमा क्षति पुगेको  छ । वर्षा, बाढी र हावाहुरीले प्रदेशभर करिब २ अर्ब ५ करोड ४३ लाख ६७ हजार रुपैयाँबराबरको क्षति पुर्याएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.