
काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीमा सामान्य वृद्धि भएको छ । बजारमा आज सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९९० रुपैयाँ रहेको चाँदी आज ३ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

























