पहिलो खेलमै नेपाल पराजित

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २१, शुक्रबार १०:४२

काठमाडौं । ओपनर सन्दीप जोराको अर्धशतकका बाबजुद नेपालले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल १९ रनले पराजित भएको हो। आफगानिस्तानले दिएको ११३ रन पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन मात्रै बनाउन सक्यो।

नेपालका ओपनर सन्दीपले सर्वाधिक ५३ रन बनाए। १४ बल खेलेका उनले १ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले भने स्लो खेले। १० बलमा उनले १ छक्कासहित १० रन बनाए। राशिद खान ११ रनमा अविजित रहँदा मोहम्मद आदिल अन्सारी ११ र रुपेश शिंह १ रनमा अविजित रहे।

अफगानिस्तानका फरमानुल्लाह र इजाज अहमदले समान १ विकेट खसाले। त्यसअघि मिसन रोड ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले सबै विकेट गुमाउँदै ११२ रन बनाएको थियो।

अफगानिस्तानका ओपनर करिम जनतले सर्वाधिक ३५ रन बनाए। १० बलमा उनले २ चौका र ४ छक्का प्रहार गरे।अविजित रहेका फरमानुल्लाहले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए। कप्तान गुलाबदिन नैब २२ र सेदिकुल्लाह पचा १३ रनमा आउट भए। नेपालका रशिद खानले सर्वाधिक ४ विकेट लिए। २ ओभरमा उनले २७ रन खर्चिए। लोकेश बमले १ विकेट लिए।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.