एनपीएलका लागि विराटनगर किङ्ग्सको जर्सी सार्वजनिक

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २३, आइतबार ११:४४

विराटनगर । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नजिकिँदै गर्दा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टोली विराटनगर किङ्ग्सले आफ्नो तयारीलाई भव्यताका साथ अघि बढाएको छ ।

टिमले विश्व क्रिकेटका महानायक फाफ डुप्लेसीलाई अनुबन्ध गरेको घोषणा गर्नुका साथै लिगका लागि आफ्नो नयाँ र आकर्षक क्राउन जर्सी पनि सार्वजनिक गरेको छ ।

यस पटकको जर्सीको डिजाइनमा कोशी प्रदेशको पहिचान र भावनात्मक सम्बन्धलाई प्राथमिकता दिइएको छ ।

जर्सीमा सप्तकोशी नदीका सातवटा सहायक नदीहरूलाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू समावेश गरिएको छ । यसले टिममा एकता, शक्ति र निरन्तर गतिशीलताको सन्देश दिएको छ । यस जर्सीलाई क्लबले ‘द जर्सीः द क्राउन वी अर्न’ नाम दिएको छ, जसले जितका लागि गरिने मेहनत र संघर्षलाई दर्शाउँछ ।

विराटनगर किङ्ग्सले दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वकै सफल टी–ट्वान्टी खेलाडी फाफ डुप्लेसीलाई अनुबन्ध गरेर एनपीएलको दोस्रो संस्करणमा आकर्षण थपेको छ ।

४१ वर्षीय डुप्लेसी एनपीएल इतिहासमै अनुबन्ध हुने सबैभन्दा ठूला अन्तर्राष्ट्रिय क्रिकेटर हुन् । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्ग्सलाई दुई पटक उपाधि जिताउँदा महत्वपूर्ण भूमिका खेलेका र रोयल च्यालेन्जर्स बेङ्ग्लोरको कप्तानी गरिसकेका डुप्लेसीको अनुभवले विराटनगर किङ्ग्सको युवा टोलीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

टिममा नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछाने मार्की खेलाडीका रूपमा यथावत छन् । एनपीएलको दोस्रो संस्करण मंसिर १ बाट सुरु हुँदैछ। नयाँ जर्सी र फाफ डुप्लेसीको आगमनसँगै विराटनगर किङ्ग्स यस पटक उपाधिको बलियो दावेदार बनेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.