
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
सुनको मूल्य सामान्य वृद्धि हुँदा आज प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको

























