चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार १५:३९

विराटनगर । विराटनगर महानगरपालिकालाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यका साथ गाई र भैँसीमा निःशुल्क खोप अभियान सुरु गरिएको छ । यो अभियानले विराटनगरलाई खोरेतमुक्त बनाउने दाबी गरिएको छ, जुन खोरेतमुक्त कोशी प्रदेश बनाउने प्रदेश सरकारको बृहत् लक्ष्यअन्तर्गत पर्दछ ।

महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकार र भेटनरी अस्पताल मोरङको सहकार्यमा विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्मबाट औपचारिक रूपमा अभियानको शुभारम्भ गरियो ।

Advertisement

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले गाईलाई खोप लगाएर यो अभियानको उद्घाटन गरे । विराटनगर महानगरभित्र हाल २१ हजार ६ सय गाई र भैँसी रहेकोमा पहिलो चरणमा १६ हजार ६ सय गाई र भैँसीलाई निःशुल्क खोप लगाइनेछ ।

खोप कार्य भ्याक्सिनेटरमार्फत गराइनेछ भने तथ्याङ्कहरू डिजिटल प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको छ । भेटनरी अस्पतालका प्रमुख डा. अजयकुमार साहका अनुसार, मोरङ जिल्लाभरमा ३ लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य छ ।

कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीले यो खोप अभियान प्रदेशका सबै १३७ वटै पालिकामा सञ्चालन गरिने जानकारी दिए ।

इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिसकिएको छ । झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन तयारी र अभियान अघि बढिसकेको छ ।

तपाइको प्रतिक्रिया
 बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×