वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार १९:०३

विराटनगर । वेमौसमी  अविरल वर्षा र हावाहुरीका कारण क्षति व्योहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउन राष्ट्रिय किसान सञ्जालले प्रदेश सरकारसँग माग गरेको छ ।

आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै महासंघले डुबान र हावाहुरीका कारण क्षति व्योहोरेका किसानका लागि तत्काल राहत उपलब्ध गराउन माग गरेको हो ।

प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार वर्षा र हावाहुरीका कारण प्रदेशमा करिब १२ हजार ६ सय हेक्टर क्षेत्रमा लगाएको धानबालीमा क्षति पुगेको थियो ।

किसान सञ्जालले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पनि किसानले नपाएको बताएका छन् ।

धान बिक्रीका लागि राज्यले तोकेको न्यूनतम समर्थन मूल्य उपलब्ध गराउन माग गरे । उखु किसानको बाँकी रहेको भुक्तानी गराउन पनि माग गरेका छन् । किसानहरुले दुग्ध किसानको समस्या समाधानका लागि पनि पहल गरिदनि आग्रह गरेका छन् ।

जवाफमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानको समस्या समाधानका लागि सक्दो पहल गर्नै बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.