झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार १९:३९
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ फुटबल क्लब) र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् ।

फाइनल खेल सोमबार (भोलि) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

Advertisement

एपीएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्ममा पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै भने, हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन । यस पटक पनि हामी उपाधि रक्षा गर्नेछौँ ।’

त्यस्तै, कप्तान अनिता बस्नेतले थपिन्, ‘हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ । झापाको मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ ।’

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले भने रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल बताउँदै भने, ‘हाम्रो टोलीमा धेरैपछि रेखा र पूजासँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यस पटक हामी एपीएफलाई हराउँदै उपाधि जित्नेछौँ ।’

पुलिसकी कप्तान अमृता जैशीले भने विगतका पराजयको बदला झापामै लिने दृढता प्रकट गरिन् । ‘हामीले विगतमा धेरै पटक एपीएफसँग पराजय व्यहोरेका छौँ, तर यस पटक बदला लिँदै ट्रफी लिएर जाने छौँ । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउने छ,’ उनले भनिन् ।

एपीएफ महिला फुटबलमा एक सफल टोली मानिन्छ । यसअघि खेलिएका अधिकांश राष्ट्रिय प्रतियोगितामा उनीहरूले उपाधि जितेका छन् । फाइनलमा कहिल्यै हार व्यहोर्नु नपरेको इतिहासले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।

त्यस्तै, नेपाल पुलिस क्लब पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै आएको छ । अनुभवी रेखा पौडेल, पूजा राना मगर जस्ता खेलाडीहरूको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ ।

फाइनल खेलमा झापाका फुटबल प्रेमीहरूको ठुलो भीड हुने अनुमान गरिएको छ । भोलि दिउँसो हुने फाइनलमा देशका शीर्ष महिला खेलाडीहरू एउटै मैदानमा भिड्दै गर्दा झापाको दुधे रंगशाला एक निर्णायक क्षणको साक्षी बन्ने छ ।

आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३ सय र ५ सय  रुपैयाँ तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.