करदाता सेवा कार्यालय खारेज नगर्न खोटाङ उवासंघको आग्रह

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार ११:३६

विराटनगर । खोटाङ उद्योग वाणिज्य संघका पदाधिकारीहरूले खोटाङ जिल्लाबाट करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका छन् । संघले आइतबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

दिक्तेलमा रहेको करदाता सेवा कार्यालय हटाइएमा जिल्लावासी करसम्बन्धी सेवा सुविधाबाट बन्चित हुने, जिल्लाको व्यावसायिक वातावरणमा प्रतिकूल असर पर्ने र स्थानीय आर्थिक क्रियाकलापलाई नकारात्मक प्रभाव पर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए ।

उनले दिक्तेलमा भएको कार्यालय हटाइए जिल्लावासीले अतिरिक्त खर्च व्यहोर्नु पर्ने लगायत दुर्गम जिल्लाबासीले अन्य सास्ती खेप्नु पर्ने भएकाले ज्ञापनपत्र बुझाइएको स्पष्ट पारे ।

आचार्यले भने, “दिक्तेलमा रहेका करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न आज ज्ञापनपत्र बुझाएका छौँ । खोटाङ जस्तो दुर्गम जिल्लामा रहेको करदाता सेवा कार्यालय हट्यो भने करसम्बन्धी सेवा सुविधाबाट बन्चित हुनुका साथै जिल्लाको व्यावसायिक वातावरणमा प्रतिकूल असर पर्नेछ ।” सदरमुकाम दिक्तेलमा उक्त करदाता सेवा कार्यालय २०७६ वैशाख २३ गते स्थापना गरिएको थियो।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.