
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन तोलाको २ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला सुन २ लाख ५० हजार २ सय रूपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ६० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ३ हजार २ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला ३ हजार ३ सय ४५ रूपैयाँ थियो ।

























