
काठमाडौं । मंसिर १ गतेबाट सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पहिलोपटक एनपीएल फ्लडलाइटमा हुनेछ ।
पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको छ ।
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख पुरस्कारसहित ट्रफी जितेको थियो ।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।
क्यानले यसपटक प्रतियोगिताबाट ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा गरिएको छ ।
टिम ओनरबाट ९ करोड प्राप्त हुनेछ । डिजिटल प्लाटफर्ट तर्फ डिसहोमको डिसहोम गोबाट ५ करोड ३० लाखमा बिड भएको छ ।
८ देखि १२ करोड रुपैयाँ टिकट बिक्रीबाट संकलन हुने अपेक्षा छ ।
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।
एनपीएलको उद्घाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

























