
विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि घटेको छ । आइतबार (आज) सुनचाँदीकै मूल्यमा भारी मात्रामा गिरावट आएको हो । शुक्रबार पनि भाउ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ६ हजार ९ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको २ लाख ४९ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदी तोलाको १ सय ५० रूपैयाँले घटेको महासंघले जनाएको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको ३ हजार २ सय ८५ रूपैयाँ थियो ।

























