
काठमाडौं । दृष्टिविहिन महिला टी–ट्वान्टी क्रिकेटमा अमेरिकामाथि नेपालले फराकिलो जित निकालेको छ ।
अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको हो । आइतबार भएको खेलमा अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गरेको थियो ।
नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् भने टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटिएको थियो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
दृष्टिविहिन क्रिकेटमा हालसम्मको सबैभन्दा कम नेपालका दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए । जितसँगै नेपालले ४ खेलबाट ६ अंक जोडेको छ ।
यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराएको थियो । अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको नेपाल भारतसँग ८५ रनले पराजित हुनु पुगेको थियो ।

























