
काठमाडौं । आर्थिक वर्ष २०८०–८१ का उत्कृष्ट करदाताहरूको सूची सार्वजनिक भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न श्रेणीका सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्था र निकायलाई सम्मान गरेको हो ।
व्यक्तिगत आयकरको श्रेणीमा व्यवसायी राजबहादुर शाह देशकै अग्रणी करदाताका रूपमा सम्मानित भए । अर्थमन्त्री रामेश्वर खनालले शाहसहित विभिन्न क्षेत्रका करदातालाई सम्मानपत्र प्रदान गरेका थिए ।
निकायतर्फ सबैभन्दा धेरै आयकर तिर्ने संस्थाको रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भयो भने एकलौटी फर्म (सोल प्रोप्राइटर) श्रेणीमा थर्ड आइ इन्टरनेसनलले सम्मान पायो । वस्तुगत आयकरतर्फ डाबर नेपाल उत्कृष्ट घोषित भयो ।
सूचना–प्रविधि श्रेणीमा भेरिक्स नेपाल प्रालि सम्मानित भयो । निर्यात कारोबार श्रेणीमा पनि डाबर नेपाल प्रालि नै अगाडि रह्यो । कृषि तथा पशुजन्य उत्पादन श्रेणीमा पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक, स्वास्थ्य–शिक्षा क्षेत्रमा नोबेल मेडिकल कलेज र पर्यटन क्षेत्र श्रेणीमा सोल्टी होटल सम्मानित भए ।
त्यस्तै, वस्तु व्यापार श्रेणीमा भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी र रेमिट्यान्सतर्फ आईएमई सम्मानित भए । समयमै कर तिर्ने कम्पनीको आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विशेष सम्मान प्राप्त गर्यो ।
५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीमध्ये भीएफ सर्भिसेज उत्कृष्ट ठहर गरियो भने विशेष उद्योग श्रेणीमा युनिलिभर नेपाल सम्मानित भयो । राष्ट्रको आवश्यक स्रोत जुटाउने कर प्रणालीलाई मजबुत बनाउन योगदान पुर्याउने करदाताहरूलाई यस वर्ष पनि सरकारले विशेष रूपमा सम्मान गरेको छ ।

























