
काठमाडौँ । प्रियांस पन्चलले ९० रनको अर्धशतकीय पारी खेल्दा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।
कर्णालीका लागि पन्चलले ९० रनको अर्धशतकीय पारी खेले । ४८ खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे । त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा म्याक्स ओ’डउडले २० रनको योगदान गरे ।

























