सुन्तलाले पहेँलपुर सलकपुर: ‘होमस्टे’ भरिभराउ

Share this
623shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १४:४०

इलाम । इलामको रोङ गाउँपालिका–६, सलकपुर यति बेला सुनौला सुन्तलाले पहेँलपुर भएको छ । बोटभरि लटरम्म पाकेका सुन्तलाको यो दृश्यले अहिले यहाँ पर्यटकको आगमन ह्वात्तै बढाएको छ ।

सलकपुरको झन्डै ९० हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ। यहाँ पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खानका लागि मात्र होइन, तिनको सुन्दरता क्यामरामा कैद गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।

लटरम्म सुन्तलाका बोटहरूमा फोटो, भिडियो खिच्न र टिकटक बनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । सलकपुरका करिब ३० घरमा घरबास (होमस्टे) सञ्चालनमा छन्। वडा अध्यक्ष सत्यम राईका अनुसार प्रत्येक हप्ताको शुक्रबार र शनिबार यहाँ का सबै होमस्टे पर्यटकले भरिभराउ हुन्छन् ।

दैनिक करिब एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तला पछ्याउँदै आउने गरेको उनले बताए। इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक मात्र नभई छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जिलिङ र कोलकातातिरका पर्यटकसमेत यहाँ आउन थालेको वडा अध्यक्ष राईले जानकारी दिए ।

लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका मदन बिमलीका अनुसार यस वर्ष उनको बारीमा तीन वर्ष यताकै सबैभन्दा राम्रो सुन्तला फलेको छ । उनले बोटबाटै प्रतिकेजी १३० रुपैयाँमा सुन्तला बिक्री गरिरहेको बताए।

पर्यटकलाई आकर्षित गर्न बगान खुल्ला गरिए पनि जथाभावी सुन्तला टिप्न भने नपाइने नियम बनाइएको बिमलीको भनाइ छ । फोटो, भिडियो र टिकटक बनाउनका लागि सुन्तला बगान खुल्ला रहे तापनि जथाभावी टिप्न रोक लगाइएको उनले बताए ।

सलकपुरमा विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले सुन्तला खेतीको सुरुवात गरेका थिए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरिए पनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक खेती भइरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.