काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। निरन्तर बढ्दै गएको सुनको मूल्य आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेको छ।
सोमबार छापावाल सुन तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम थियो । मंगलबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा रु. २ हजार ८०० रुपैयाँले बढेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।
मंगलबार चाँदी तोलामा ३ हजार ९० रुपैयाँ कायम थियो । बुधबार बढेर तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।