धमला बेलायतमा सम्मानित

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १९:१२
धमला बेलायतमा सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका महासंघ (एनआईटीएफ) का पूर्वअध्यक्ष अञ्जन धमला सम्मानित भएका छन् ।

बेलायतको प्रतिष्ठित तेक्वान्दो एकेडेमी अथेन्टिक सेन्ट्रेस फर एक्सिलेन्सी अफ तेक्वान्दो (एसीई) ले धमलालाई बेलायत भ्रमणको दौरान सम्मान गरेको हो ।

उक्त खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै एकेडेमीले धमलालाई सम्मान गरेको हो । धमलाको निरन्तरको प्रयास र उपलब्धिले खेलाडीहरूलाई प्रेरित गर्न तथा राष्ट्रिय स्तरमा तेक्वान्दोको आधार बलियो बनाउन भूमिका खेलेको एसीई तेक्वान्दोले जनाएको छ ।

एसीईका संस्थापक एवंम अध्यक्ष ग्रान्ड मास्टर पाउल कटलरले धमलालाई सम्मान पत्र हस्तान्तरण गरेका  थिए ।

उनी हाल साउथ एसियन तेक्वान्दो महासंघको उपाध्यक्ष र एसियन तेक्वान्दो महासंघको कार्यसमिति सदस्यको जिम्मेवारीमा छन् । तेक्वान्दोका छैटौँ डान धमला अन्तर्राष्ट्रिय रेफ्रीको रुपमा समेत सक्रिय छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.