युवालाई रोजगारीसँग जोड्न उद्योग संगठन मोरङ र एसओएसबीच सहकार्य

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १५:३३

विराटनगर । युवाहरूलाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ ।

संगठनको सचिवालयमा आयोजित छलफलमा दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरू अवसर नपाएर विदेशिन बाध्य भइरहेको अवस्थामा यस्तो साझेदारीले उनीहरूलाई प्रत्यक्ष रोजगारीका अवसरसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

एसओएस नेपालका परियोजना निर्देशक डिसी चौधरीले उद्योगहरूमा योग्य, परिश्रमी र सीपयुक्त जनशक्तिको माग बढिरहेको वर्तमान अवस्थामा युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताए । उनले युवाहरूलाई सही मार्गदर्शन र अवसर प्रदान गर्न सके उनीहरू औद्योगिक विकासका लागि महत्वपूर्ण ऊर्जा बन्न सक्ने धारणा राखे ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले युवाहरूलाई रोजगारीसँग अभिमूख गराउन ‘स्कूल–टु–वर्क’ कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । उनले संगठनले सञ्चालन गरेका स्टार्टअप एण्ड इनोभेसन, सीपमूलक तालिम, र सीप उत्सव जस्ता कार्यक्रमहरू सफल भएको उल्लेख गर्दै आगामी दिनमा युवामुखी कार्यक्रमहरूले उद्यमशीलता विकास, स्वरोजगार र रोजगारीको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा र विपिन काबराले निजी क्षेत्र र युवाबीचको सम्बन्धलाई बलियो र दिगो बनाउन निरन्तर संवाद र सहकार्य अत्यन्त आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा उद्योग संगठन मोरङका कार्यसमिति सदस्यहरू, महिला उद्यम समितिका सदस्यहरू, एसओएसका प्रतिनिधि तथा युवाहरूको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.