
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेकाे छ । चितवन राइनोजविरुद्ध ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेटकाे क्षतिमा पूरा गर्याे ।

























