
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले १९४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १९३ रन बनायो ।
सुदूरपश्चिमका ओपनर जोश ब्राउन र बिनोद भण्डारीले पहिलो विकेटका लागि १ सय ८ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

























