फिफा वरियतामा नेपाल तल झर्दै 

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार ०८:१२
फिफा वरियतामा नेपाल तल झर्दै 

काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली क्रमिक रूपमा तल झर्दै गएको छ । नेपालको पुरुष फुटबल टोलीले खेलेको पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेपछि वरियता थप ओरालो लागेको हो ।

फिफाको जारी गरेको नयाँ वरियतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल‌ तेस्रोबाट चौथो स्थानमा झरेको छ । फिफा वरियतामा नेपाल १ सय ८२ औँ स्थानमा ओर्लिएको‌ छ । अघिल्लो वरीयताभन्दा नेपाल २ स्थान झरेको हो ।

नयाँ वरियता अनुसार नेपाललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८० औँ स्थानमा पुगेको छ । भारत १ सय ४२ औँ र माल्दिभ्स १ सय ४७ औँ स्थानमा छ ।

बंगलादेश यसै साता एएफसी एसियन कप छनोटमा भारतलाई १–० ले हराएको थियो । त्यसअघि नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो । नेपाल एसियन कप छनोटमा मलेसियासँग पराजित भएको थियो ।

साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा पुगेको छ। अब नेपालभन्दा वरियतामा भुटान, श्रीलंका र पाकिस्तान छन् ।

फिफा वरियताको शीर्ष ४ यथावत् रहेको छ । स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ । ब्राजिल पाँचौँ स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.