श्रृष्टि साकोसको बागडोर पोखरेललाई: ३३ करोड कारोबारको लक्ष्य

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १७:४८

विराटनगर । विराटनगरमा रहेको श्रृष्टि बचत तथा ऋण सहकारी संस्था (साकोस) को २९ औं वार्षिक साधारणसभा निर्वाचनसहित शनिबार सम्पन्न भएको छ । साधारण सभाले आगामी चार वर्षका लागि निवास पोखरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

पोखरेलको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन भएका छन् । सञ्चालक समितिको उपाध्यक्षमा डम्बर बहादुर कार्की र सचिवमा लिलानाथ गौतम निर्वाचित हुँदा लेखा सुपरिवेक्षण समितिको संयोजकमा अच्युत भट्टराई चुनिएका छन् ।

सहकारीका निवर्तमान अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षता तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष भट्टराईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार सहकारीको वित्तीय अवस्था सुदृढ देखिएको छ ।

संस्थाको शेयर पूँजी २ करोड ५० लाख ०६ हजार एक सय रुपैयाँ रहेको छ भने बचत ९ करोड ६० लाख ९१ हजार ३७६ रुपैयाँ ७५ पैसा पुगेको छ । सहकारीले सदस्यहरूलाई १० करोड ०८ लाख ४५ हजार ५७६ रुपैयाँ ऋण लगानी गरेको छ ।

श्रृष्टि साकोसमा हाल १९९२ जना शेयर सदस्य आबद्ध छन्, जसमा पुरुष सदस्य ९४७ जना र महिला सदस्य एक हजार ४५ जना छन् । सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा २८ करोड ९८ लाख ०२ हजार ६३९ रुपैयाँ ५३ पैसाको कारोबार गरेको थियो भने आर्थिक वर्ष २०८२/०८३ मा कारोबारमा वृद्धि भई ३१ करोड ६९ लाख २४ हजार ४३० रुपैयाँ ९० पैसा पुगेको जनाएको छ । संस्थाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ३३ करोड ५४ लाख ६२ हजार ५१९ रुपैयाँ ५९ पैसा कारोबार गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ ।

आम्दानीतर्फ पनि सहकारीले उत्साहजनक प्रगति गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ७१ लाख १२ हजार ८७९ रुपैयाँ ३३ पैसा आम्दानी गरेकोमा आर्थिक वर्ष २०८२/०८३ मा यो बढेर २ करोड ०३ लाख ८२ हजार १३८ रुपैयाँ ७८ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाको अवसरमा संस्थाले असल बचतकर्ता गोविन्द बहादुर श्रेष्ठ, विमला कुमारी बाँनीया तथा असल ऋणी प्रेम घिमिरे र हेमा कुमारी राजवंशीलाई प्रमाणपत्र र नगद ३ हजारसहित सम्मान गरेको थियो । साथै, शेयर सदस्यका सन्ततिमध्ये प्लस टु तर्फ उत्कृष्ट अंक ल्याउने भरोषा दाहाललाई प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरिएको सहकारीका लेखापाल प्रकाश सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.