उदयपुरको कटारीमा विजय लघुवित्तको वित्तीय सारक्षता कार्यक्रम

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १९:५१
उदयपुरको कटारीमा विजय लघुवित्तको वित्तीय सारक्षता कार्यक्रम

विराटनगर । विजय लघुवित्त वित्तीय संस्था बेलसोत शाखाले उदयपुरको कटारी नगरपालिका–२ मझुवामा शनिबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, बचत र कर्जाको महत्त्व बुझाउने र जिम्मेवार ढंगले आर्थिक कारोबार गर्न सिकाउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बेलसोत शाखाका प्रमुख महेन्द्र चौलागाईंले जानकारी दिए ।

स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले नियमित रूपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै आएको विजय लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालयका प्रतिनिधि असुली अधिकृत तेजबहादुर खड्काले बताए ।

कार्यक्रममा कटारी नगरपालिका–२ का पूर्ववडाध्यक्ष नवराज पोखरेल, इलाका प्रहरी कार्यालय बेलसोतका प्रहरी सहायक निरीक्षक टीकाराम कार्की, स्थानीय समाजसेवी युवराज सुवेदीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलसोत शाखाअन्तर्गतका समूह सदस्यहरूलाई वित्तीय सारक्षताबारे अभिमुखीकरण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.