
काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य १ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार १ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























