
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (मंगलबार)को खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
प्रतिस्पर्धा त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेबाट सुरु हुने छ । उक्त खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि १ खेलमा जित र अर्को २ खेलमा हार बेहोरेको काठमाडौं २ अंकसहित पाँचौ स्थानमा छ । लुम्बिनी लायन्स १ जित निकाल्दै २ अंकसहित छैटौँ स्थानमा छ ।

























