
काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाउँदा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको हो ।
चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे ।
बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई–दुई तथा शुभम रन्जानले एक विकेट लिए ।

























