सुनकोशी–३ मा बङ्गलादेशको लगानी निश्चित, २० मेगावाट थप बिजुली किन्ने सहमति

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १५:२९

काठमाडौँ  । नेपाल र बङ्गलादेशबीच ऊर्जा सचिवस्तरीय बैठकमा सुनकोशी–३ जलविद्युत् आयोजनामा बङ्गलादेशले लगानी गर्ने निश्चित भएको छ। साथै, बङ्गलादेशले नेपालबाट तत्काल थप २० मेगावाट बिजुली खरिद गर्ने सहमति जनाएको छ।

ऊर्जा मन्त्रालयका अनुसार, सुनकोशी–३ आयोजनामा लगानीको प्रक्रिया अगाडि बढाउन बङ्गलादेशले आयोजनाको मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गर्नेछ। हाल नेपालबाट बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् बिक्री भइरहेकोमा अब थप २० मेगावाट किन्ने सहमति भएको छ।

यससँगै बङ्गलादेशले नेपालबाट कुल ६० मेगावाट बिजुली खरिद गर्नेछ। ऊर्जा सचिव चिरञ्जिवी चटौतको नेतृत्वमा रहेको नेपाली टोली हाल बङ्गलादेशमा वार्ताका लागि उपस्थित छ।

नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा सहमतिका लागि दुवै पक्षले भारतसँग पहल गर्ने विषयमा पनि समझदारी भएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.