
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्य २ लाख ५० हजार पार गरेको हो ।
शुक्रबार सुन तोलामा २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन २२ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन बिहीबार सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी ३ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ। चाँदी ६५ रुपैयाँले बढेको छ । अघिल्लो दिन बिहीबार चाँदी तोलामा ३ हजार २ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

























