
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा सुदूरपश्चिम रोयल्स पुगेको छ । शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित निकालेको सुदूरपश्चिम प्लेअफमा पुगेको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बलिङमा जनकपुरका लागि माज सदाकतले २ विकेट लिए ।
साविक विजेता जनकपुरको यो लगातार चौथो हार हो । लगातार हारपछि जनकपुर लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

























