
विराटनगर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र काठमाडु गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३:३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेकाे कर्णालीले खेलेकाे चारवटा प्रतियोगिता मध्ये एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडु तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडुलाई यो खेल महत्त्वपूर्ण छ ।

























